Premier Cables
Premier Steel

मौसम

देशभर मनसुन सक्रिय, केही स्थानमा आकस्मिक बाढीको सम्भावना

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १४, २०८२  | बिहान १०:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हाल देशभर मनसुनको सक्रिय प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्य बदली छ भने केही प्रदेशमा हल्का वर्षा भइरहेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानको मापनमा कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव हाल सतर्कता तहभन्दा तल छ।

तर, दिउँसो र साँझपख वर्षा बढ्न सक्ने भएकाले केही जिल्लामा स-साना नदीमा आकस्मिक बाढीको जोखिम देखिएको छ।

मध्यम जोखिम रहने क्षेत्रहरू:

उच्च सम्भावना: सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा, अछाम, डोटी, डोल्पा, मुगु, हुम्ला लगायत क्षेत्रबाट बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको पूर्वानुमान गरिएको छ।

मध्यम सम्भावना: ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेत लगायत जिल्लाबाट बहने साना नदीमा पनि बहाव बढ्ने र बाढीको मध्यम जोखिम रहने सम्भावना छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka