Premier Cables
Premier Steel

खेलकुद

चौथो DPS इन्टरनेसनल इनभिटेसनल अन्तरविद्यालय फुटबल रनिङ शिल्ड मंसिर ११ देखि

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०६, २०८३  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। दिल्ली पब्लिक स्कुल (DPS), विराटनगरको आयोजनामा चौथो DPS International Invitational Inter-School Football Running Shield 2083 आगामी मंसिर ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ।

विद्यालयस्तरीय फुटबल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा विद्यार्थीहरूमा खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

विज्ञापन

विराटनगरस्थित दिल्ली पब्लिक स्कुलको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयका फुटबल टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रत्येक विद्यालयबाट ११ जना मुख्य खेलाडी, ७ जना अतिरिक्त खेलाडी र २ जना अफिसियल गरी अधिकतम २० जनाको टोली दर्ता गर्न सकिनेछ।

प्रतियोगिता FIFA को Laws of the Game अनुसार सञ्चालन हुनेछ। खेल ६० मिनेटको हुने र निर्धारित समयमा बराबरी भएमा सिधै टाइब्रेकरबाट नतिजा निर्धारण गरिने नियमावलीमा उल्लेख छ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रत्येक खेलमा Super Player of the Match, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक तथा Rising Player लगायतका विधामा पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा विजेता विद्यालयलाई रनिङ शिल्ड प्रदान गरिनेछ। लगातार तीन पटक प्रतियोगिताको विजेता बन्ने विद्यालयले रनिङ शिल्ड स्थायी रूपमा प्राप्त गर्ने व्यवस्था रहेको छ।

प्रतियोगिताका विषयमा आयोजक समिति तथा प्रशिक्षक सुमित डंगोलले जानकारी गराउँदै विद्यालयस्तरीय फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान र खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले प्रतियोगितामा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिताको अपेक्षा गरिएको पनि जानकारी दिनुभयो।

प्रतियोगिताको विवरण:

– प्रतियोगिता: चौथो DPS International Invitational Inter-School Football Running Shield 2083
– मिति: मंसिर ११ देखि १७ गतेसम्म, २०८३
– स्थान: DPS खेलमैदान, विराटनगर
– आयोजक: दिल्ली पब्लिक स्कुल, विराटनगर

विद्यालयस्तरीय फुटबलको प्रवर्द्धन र नयाँ खेल प्रतिभाको विकासमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Premier Steel
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka