Premier Cables

राजनीति समाचार

मोरङ ग्रामथान गाउँपालिकाको बैठक स्थगित

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १६, २०८२  | बिहान १०:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यपालिकाको बैठक अध्यक्ष नमोनारायण माझीको एकल निर्णयमा स्थगित भएको छ।

गाउँपालिकाका जनप्रतिनिधिहरूबीचको विवाद चर्कंदै गएपछि अध्यक्ष माझीले शुक्रबारका लागि तय गरिएको बैठक सूचना निकालेर स्थगित गरेका हुन्।

विज्ञापन

अध्यक्ष माझीले स्थगित गर्ने कारण खुलाएका छैनन्। जारी सूचनामा भने बैठक २०८२ साउन १६ गतेका दिन बोलाइएकै थियो र अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ।

उपाध्यक्ष गुणावतीदेवी थारुसहित कार्यपालिका तथा गाउँसभा सदस्यहरूले अध्यक्ष माझीको एकपक्षीय र मनोमानी निर्णयको विरोध गर्दै आएका छन्। विशेषगरी अध्यक्ष माझीले वडा नं. २ का वडाध्यक्षलाई गाउँसभा बैठकबाट निष्कासन गर्ने निर्णयपछि विवाद चर्किएको हो।

अध्यक्ष माझीविरुद्ध गाउँसभामै प्रतिरोध बढ्दै गएको जनप्रतिनिधिहरूले बताएका छन्। उनीमाथि कानूनविपरीत निर्णय गर्ने, बारम्बार विवाद उत्पन्न गर्ने र कार्यपालिका बैठकसमेत स्थगित गर्ने आरोप लाग्दै आएको छ।

जनप्रतिनिधिहरूले गाउँपालिकामा निरन्तर ‘अध्यक्षको तानाशाही’ व्यवहार चलिरहेको आरोप लगाएका छन्। अध्यक्ष माझी निर्वाचित भएदेखि नै विवादमा मुछिँदै आएका छन् र हाल गाउँसभा ‘ब्रेक’मा गएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka