Premier Cables

राजनीति राष्ट्रिय

विद्या भण्डारीको संकेत: एमाले अध्यक्ष हुँदै पहिलो महिला प्रधानमन्त्री !

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न १२:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको आगामी महाधिवेशनबाट आफू पार्टी अध्यक्ष बन्ने संकेत दिएकी छिन्। हालै पार्टीको सदस्यता नवीकरण गरेकी भण्डारीले पार्टीको सर्वोच्च नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा जोड दिँदै अध्यक्ष केपी शर्मा ओलीको साथ र समर्थन रहेको दाबी गरेकी छिन्।

इमेज च्यानलका पत्रकार जगदीश खरेलसँगको विशेष अन्तरवार्तामा भण्डारीले एमाले अध्यक्षको अनौपचारिक दाबी गर्दै भावी प्रधानमन्त्रीको भूमिकाका लागि आफू तयार रहेको संकेत पनि दिइन्।

विज्ञापन

‘तपाईं अब एमालेको अध्यक्ष बन्ने हो?’ भन्ने प्रश्नमा भण्डारीले भनिन्, “तपाईंको बुझाइमा सत्यता छ। तर पार्टीको ११औं महाधिवेशन तोकिएको छैन। अहिले नै कुन पद भन्ने स्पष्ट भन्न सक्दिन। तर मैले लिने जिम्मेवारी भनेको तपाईँहरूले सोचेकै लाइनमा पर्छ। यसमा कुनै सन्देह छैन।”

पुनः अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने सम्भावना छ भन्ने जिज्ञासामा उनले भनिन्, “एकै व्यक्तिले सधैं पदमा बसिरहने अवस्था आउँदैन। टिमभित्रै कसै न कसैलाई जिम्मेवारी दिनैपर्छ। हाम्रो पार्टीमा त लोकतान्त्रिक अभ्यास पनि केही हदसम्म छ।”

भण्डारीको यो अभिव्यक्तिले एमालेको आगामी महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा चर्किने संकेत देखिएको छ। लामो समयसम्म पार्टीको महिला नेतृत्वको प्रतिनिधित्व गर्दै आएका भण्डारी २०५१ र २०५६ सालमा महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य थिइन्। राष्ट्रपति पद सम्हाल्नुअघि उनी तत्कालीन एमालेकी उपाध्यक्ष समेत थिइन्।

उनले दिएको सन्देशले एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरणको संकेत गरिरहेको छ, जहाँ भण्डारी अब सक्रिय भूमिकामा फर्किने तयारीमा देखिएकी छिन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka