Premier Cables
Premier Steel

अपराध समाचार

रंगेलीमा हवाई फायर गरी तीन जना पक्राउ

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | अपराह्न ३:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ मा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्दै कारवाही गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएर तीन जनालाई पक्राउ गर्न सफल भएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र एक जना भारतीय महिला रहेका छन्। पक्राउ परेकासँग ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

भारतीय महिलाको परिचय भने हालसम्म खुल्न सकेको छैन।
सूचना प्राप्तिपछि इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले निगरानी गर्दै अपरेसन सञ्चालन गरेको थियो।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka