Premier Cables
Premier Steel

अपराध कोशी प्रदेश

कोसीका तीन जिल्लाबाट लागूऔषधसहित ६ जना पक्राउ

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | अपराह्न ३:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

झापाको गौरादह नगरपालिका–१ मा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोलीले २५ वर्षीय लुखीराम बास्की र १८ वर्षीय करण यादवलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

बिज्ञापन

सुनसरीको धरान–१३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजासहित इटहरी–७ का २४ वर्षीय सुरेश खत्वे र इटहरी–८ का २० वर्षीय तुलसी पासवानलाई पक्राउ गरेको हो।

त्यस्तै, सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी–२ का २३ वर्षीय आकाश भण्डारीलाई १०० क्याप्सुल ट्रामाडोल र ११० ट्याब्लेट स्पासपेनसहित नियन्त्रणमा लिएको छ।

धनकुटाको चौबिसे गाउँपालिका–५ मा इलाका प्रहरी कार्यालय राजारानीले २५ वर्षीय सौगात मगरलाई १०४ ट्याब्लेट प्रतिबन्धित औषधिसहित आफ्नै घरबाट पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka