Premier Cables
Premier Steel

अपराध

लागूऔषध कारोबार रोक्न प्रहरी आक्रामक, महिलासहित ९ जना पक्राउ

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०१, २०८२  | राती १०:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ, सुनसरी र उदयपुर जिल्लामा लागू औषध कारोबारमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सुराकीका आधारमा असार प्रहरीले सुनसरी, मोरङ र उदयपुरमा छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

सुनसरीको अस्थायी प्रहरी चौकी रेलवे,अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले धरानका विभिन्न स्थानबाट ट्रामाडोल १,०६२ क्याप्सुल, डिकोलिक ८४२ ट्याब्लेट र डिभोमिन २२० चक्कीसहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धरान–१० का २४ वर्षीय अंकित राई, धरान–६ का २१ वर्षीय भरत मगर, धरान–१३ का २३ वर्षीय सागर राई, धरान–५ की २१ वर्षीया ज्योती राई, २६ वर्षीया नुमा लिम्बु र २३ वर्षीया सुजना राई रहेका छन्।

यसैगरी मोरङको रंगेली नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचका क्रममा झापा दमक–९ का ३५ वर्षीय शिवकुमार सोरेन र कमल गाउँपालिका–१ का ३३ वर्षीय आकाश खड्कालाई नाइट्राजाम १५५ चक्कीसहित पक्राउ गरेको छ।

उता, उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका–८ की २१ वर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुलसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका सबैविरुद्ध लागू औषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka