२०८२ जेठ ०८, बिहिबार
Premier Cables

समाचार

शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा

Hamro Biratnagar Calendar शुक्रबार, बैशाख १९, २०८२  | 11:32 AM

शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागिमात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ ।

बिज्ञापन

नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन परिचालन कमिटीको संयोजक बब्बन मिश्र तोकिएका छन् ।

बिज्ञापन

नेपाल शिक्षक महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको अध्यक्ष गंगाराम तिवारीले बताए ।

अबको आन्दोलन शिक्षक महासंघविरुद्ध रहने भन्दै परिषदले वैशाख २१ देखि सञ्चालन हुने १२ कक्षाको परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने उनले जानकारी दिए । अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीचको विभेद अन्त्य गराउनका लागि हुने परिषदले जनाएको छ ।यस्तो छ विद्यालय कर्मचारी परिषदको आन्दोलनको कार्यक्रम

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर