Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अर्थविराटनगर

विराटनगरको नीति तथा कार्यक्रम : महानगर संचार नीति बनाउने

Calendar मंगलबार, असार १०, २०८२  | अपराह्न १२:४७ बजे

विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गर्न महानगर सभामा पेश गरिरहेकी छिन् ।
व्यवसाय दर्तामा दिइँदै आएको कर छुटलाई निरन्तरता दिइने नीति लिइने कार्कीले जनाएकी छिन् ।

कानुनको संशोधन तथा एकीकरणलाई जोड दिइने जनाइएको छ । न्याय महानगरको ध्येय भन्ने नारासाथ कानुनी सचेतनालाई तीव्रता दिइने । सबै श्रमिक तथा रोजगारदातालाई हक तथा अधिकार सुनिश्चि गराइने जनाइएको छ । न्यायिक समितिबाट भएका फैसलालाई कार्यान्वयनमा जोड दिइने कार्यक्रममा उल्लेख छ । हिंसामा परेका महिलालाई औषधि उपचारसहित पुर्नस्थापनमा सहयोग गरिने जनाइएको छ ।

बिज्ञापन

महानगरमा ख्यातिप्राप्त व्यक्तिहरुको अभिलेखीकरण गर्ने, स्थानीय संचार माध्यमको संस्थागत विकासमा गराइएको सहयोग निरन्तर गर्ने कार्कीले बताएकी छिन् । महानगरका विकास निर्माणको सूचना प्रवाह संचालन गर्ने र संचार नीति बनाउने कार्कीले घोषणा गरिन ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो