Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका मुख्यमन्त्री कार्की र चीनका राजदूतबीच भेटवार्ता, प्रदेशको विकासमा जोड

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ३०, २०८२  | साँझ ७:३० बजे
Hamro Biratnagar Headlines

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो । भेटघाटको अवसरमा दुईपक्ष हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा प्रकाश पारेका थिए ।

बिज्ञापन

कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले किमाथांका( जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए ।
उहाँले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरण का विषयमा चासो राख्नुभएको थियो। राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राख्नुभएको थियो।

चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ। नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उहाँको जोड थियो। राजदूत चोग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ। उहाँले इलाम लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रम हरू निरीक्षण गर्नुभएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka