२०८२ बैशाख २१, आइतबार
Premier Cables
Hamro Biratnagar Calendar बुधबार, बैशाख १७, २०८२

प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाबाट पारित भएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ मा संशोधन गरेको छ ।

बिज्ञापन

दफा १५ मा संशोधन गर्दै प्रहरीले सेवाग्राही र सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने भनिएको छ । दफा ३६ मा प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धी व्यवस्था छ ।

बिज्ञापन

दफा ३६ को (ख) मा प्रहरी नायव निरीक्षकदेखि प्रहरी नायव उपरीक्षक सम्मको लागि क्षेत्रीय प्रहरी विशेष अदालत गठन हुने व्यवस्था छ । यसलाई बदलेर नयाँ विधेयकले क्षेत्रीय भन्ने शब्दको सट्टा प्रदेश भन्ने शब्द राखेको छ । अर्थात, प्रहरी विशेष अदालत प्रदेश स्तरमा स्थापना हुने गरी ऐन संशोधन भएको हो । यस्तो अदालत प्रदेश अन्तर्गत नरहेर संघीय संरचना अन्तर्गत नै रहनेछ ।

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर