Premier Cables
Premier Steel

खेलकुद

विश्वकप क्रिकेट लिग २ – डच टोलीलाई हराएर नेपालले जित्यो तेस्रो खेल

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | बिहान १०:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी सिरिजमा नेपालले तेस्रो खेलमा जित हासिल गरेको छ। सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो। जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण ६ अंक जोड्न सफल भयो। यो सँगै नेपालले १६ खेलबाट १२ अंक बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो। नेपालको पेनाल्टी १० रन मार्फत खेल सुरु गरेको डच टोलीका लागि वाइजली ब्यारिजले ३६ रन बनाउँदा स्कट एडवार्डले ३० रन बनाए।

बिज्ञापन

माइकल लेभिटले २७ रन बनाएका थिए। त्यस्तै क्याली क्लेइनले २५ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा नेजा निदमानुरुले १७ रन, नोहा क्रोसले २२ र रोलेफ भान डेरले १६ रन बनाए।​

नेदरल्यान्ड्सलाई अलआउट गराउँदा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नन्दन यादव र सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण रह्यो। यादवले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर ३ विकेट लिंदा लामिछानेले १० ओभर बलिङ गर्दै ३९ रननै खर्चिएर ३ विकेट नै लिएका थिए।

ललित राजवंशीले २ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

त्यसअघि स्कटल्यान्डको डन्डीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले ८४ रन बनाउनु सर्वाधिक रह्यो। उनले ८५ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए। उनी बाहेक भीम सार्की र रोहित पौडेलले समान ३५(३५ रन बनाए।

त्यस्तै ओपनर कुशल भुर्तेलले १८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १६ तथा बसिर अहमद र करण केसीले ११(११ रन बनाए। त्यस्तै नन्दन यादवले १० रन बनाएका थिए। डच टोलीका लागि पउल भान मिकेरेनले ४ विकेट लिंदा माइकल लेभिटले ३ विकेट लिएका थिए। त्यस्तै आर्यान दतले १ विकेट लिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka