Premier Cables

खेलकुद विराटनगर

मोरङ खेलकुद संघका प्रमुख कुट्नेलाई कार्वाही गर्न माग, नगरे राष्ट्रपति रनिङ शिल्ड हुन नदिने

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ २५, २०८२  | साँझ ५:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्ला खेलकुद कर्मचारी संघले जेठ २२ गते कार्यालयमा प्रवेश गरी तीन जना व्यक्तिले कार्यालय प्रमुखमाथि गाली गलोज र हातपात गरेको भन्दै कारावही गर्न माग गरेको छ ।

अध्यक्ष प्रकाश मल्ल र सचिव विनोद मरिकले मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई संघले कार्वाही गर्न माग गरेको हो । विराटनगर निवासी राम बहादुर लिम्बु,चन्द्र पराजूली र धर्म प्रसाद न्यौपाने लगायतका व्यक्तिहरु कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखमाथि अपशब्द प्रयोग गर्दै गाली गलोच हातपात गरी ज्यान मार्नेसमेत धम्की दिएको संघको ज्ञापन पत्रमा उल्लेखछ ।

विज्ञापन

निजहरू हिँडेका उक्त घटनाको तत्कालै जानकारी गराई दोषीलाई कारवाहीका लागि जिल्ला खेलकुद विकास समितिको कार्यालयले जिल्ला प्रशासन र सुरक्षा निकायलाई जानकारी गराउँदा समेत हालसम्म पनि पक्राउ नगरिएको जनाएको छ ।

उक्त घटनाको मोरङ जिल्ला खेलकुद कर्मचारी संघ घोर भत्सना गरेको छ । घटनामा संलग्न व्यक्तिहरु मिति २०८२ जेष्ठ २५ गते सम्म पक्राउ गरी कानुनी कार्यवाही नगरिए जारी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रदेशस्तरीय प्रतियोगिता समेत जिल्ला खेलकुद विकास समितिको मातहतमा रहेको खेल मैदान र कार्यालयमा तालाबन्दी गरी कार्यकरम गर्न नदिईने ज्ञापन पत्रमा जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka