२०८२ बैशाख २१, आइतबार
Premier Cables
Hamro Biratnagar Calendar सोमबार, बैशाख १५, २०८२

विराटनगर । मोरङको विराटनगर–विराटचोक सडक खण्डको मिलन चोकमा गुडीरहेको ट्रिपरमा अचानक आगो लागेको छ । आज दिउँसो करिब साढे १ बजेको समयमा सडकमा गुडीरहेको प्र १–०२–००१ ख ८५३१ नम्बरको ट्रिपरमा अगो लागेको हो ।

बिज्ञापन

सुनसरीको भुटाह तर्फ गिट्टी लोड गरेर जादै गरेको ट्रिपरमा अचानक आगलागी भएको अस्थाई प्रहरी चौकी घिनाघाटले जनाएको छ । आगलागीबाट टिफरको अघिल्लो भाग पुर्ण रुपमा जलेको छ । गाडिमा धुवाको गन्ध आएपछि रोकेर हेर्दा आगो सल्कि सकेको र नजिकैको घरबाट बाल्टिमा पानी बोकेर निभाउने प्रयास गर्दा आफुले आगो नियन्त्रणमा लिन नसकेको चालक साजन सरदारले बताए ।

बिज्ञापन

टिफरमा लागेको आगोलाई बिरटनगर महानगरपालिकाको दमकलले निभएको छ । सो घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर