






काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल प्रकाशित गरेको छ ।
यस अवधिसम्म कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसैअवधिको तुलनामा ५७.७१ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
पुसमसान्तसम्म कम्पनीले ४ अर्ब १६ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । गत वर्षको यसैअवधिमा संस्थाले ३ अर्ब ३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ८७ करोड ३६ लाखबाट घटेर ६२ करोड ७४ लाख रुपैयाँ कायम भएको छ । अन्य आम्दानी ५ करोड ४४ लाखबाट ३१ करोड १९ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको नेपाल रिको रिटेन्ड अर्निङमा ७६ करोड ४२ लाख रुपैयाँ जम्मा छ ।
यसको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ भने १४८.९६ रुपैयाँ रहेको छ ।