Premier Cables

समाचार

राजावादीको भेलामा राप्रपा अध्यक्ष लिङदेन नआएपछि होहल्ला

Calendar बुधबार, जेठ २१, २०८२  | साँझ ४:०० बजे

काठमाडौं । आन्दोलनको नयाँ कार्यक्रम बनाउन बुधबार आयोजना गरिएको राजावादीको भेलामा होहल्ला भएको छ । राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित थिए । त्यसपछि कार्यकर्ताले विरोध गरेका थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका छन् ।

बिज्ञापन

भेला सुरु भएलगत्तै लिङदेनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङदेन अहिले संसदमा छन् । कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे ।

अर्काथरि कार्यकर्ताले चाहिँ नवराज सुबेदीले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै आक्रोश पोखे । कार्यक्रम भद्रगोल र अव्यवस्थित बनेको गुनासो पनि सुनिएको थियो ।

भेलामा पत्रकारलाई भित्र पस्न अनुमति दिइएकोप्रति पनि कार्यकर्ताले विरोध जनाएका थिए ।

*** समाप्त ***
Bagmati
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो