Premier Cables

समाचार

मोरङको कटहरीमा दुई अर्बको लगानीमा खुल्यो जीवन विकास अस्पताल

Calendar मंगलबार, जेठ २०, २०८२  | बिहान ७:३९ बजे

विराटनगर । मोरङको कटहरी गाउँपालिका २ हल्दीबारीमा दुई अर्ब रुपैयाँ लगानीमा जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आउने भएको छ ।

जीवन विकास समाज अन्तर्गत जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनले २ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन लागेको अस्पतालका अध्यक्ष रहेका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले जानकारी दिए ।

बिज्ञापन

जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै अस्पतालले आम नागरिकलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्ने जनाएको छ । अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरुबाट दैनिक ओपीडी सेवा, निर्मल तथा पेनलेस डेलिभरी सेवा, जेनेरल तथा दुरबिनबाट सबै किसिको अप्रेशन सेवा, बालरोग उपचा, डाइलासिस सेवाहरु सुचारु हुने अध्यक्ष मण्डलले बताए ।

अस्पताल सञ्चालनमा आएपछि कार्डियो र न्यूरो सर्जरी सेवाहरु पनि सञ्चालनमा ल्याउने तयारी छ । ‘अस्पताल सञ्चालनमा ल्याएपछि कार्डियोको लागि क्याथल्याब र न्यूरो सर्जरी सेवाको लागि सिटस्क्यान र एमआरआइ पनि ल्याउने तयारी गरिएको छ,’ उनले भने, ‘भविष्यामा मेडिकल कलेजसम्मको तयारी गरेर हामीले अत्याधुनिक भवन निमार्ण गरिएको हो ।’

पाँच सय शय्यासम्म पुर्याएर मेडिकल कलेज सञ्चालन गर्ने तयारीको साथ सामुदायिक अस्पताल स्थापना गरेको मण्डलले बताएका छन् । अहिले अस्पतालमा दुई दर्जन बढी विशेषज्ञ चिकित्सकसहित २ सय जनशक्ति कार्यरत रहेको उनको भनाइ छ ।

अस्पतालमा अहिले २५ शैय्याको आइसियू, ९ शैय्याको एनआइसियू र १० शैय्या सिसियू बेड रहेको छ । अस्पताल सञ्चालन आइसकेपछि एमबीबीएस, नर्सिङ, फार्मेसी, मेडिकल प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजीमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम संचालनमा ल्याउने योजना छ । अस्पताल तथा टेक्नीकल एजुकेशन सेन्टरका लागि बन्ने आठौं तलाको अत्याधुनिक भवनमा तीन ब्लकमा रहनेछन् ।

अस्पतालका संरचना बाल, महिला, अपांग र अशक्तमैत्री छ । तीन सय शय्याको अस्पताल सञ्चालनमा आउँदा ४४ जना विशेषज्ञ चिकित्सक, ७२ जना मेडिकल अधिकृत, १२० जना नर्स, ३६ जना पारामेडिकल, ३ जना वरिष्ठ औषधी व्यवस्थापक, ६ जना फार्मेसी अधिकृत, १५ जना फार्मेसी सहायक रहने प्रक्षेपण गरिएको छ । यसैगरी, मेडिकल ल्याब टेक्नोलोजिष्ट, ल्याब टेक्नीसियन, रेडियो इमेजिङ, एनेस्थेटिक सहायक, अप्टोमेट्री विज्ञलगायत अन्य विविध विधाका गरी ७६ जना अन्य थप स्वास्थ्यकर्मी आवश्यक पर्ने बताइएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्नीकल एजुकेशन फाउण्डेसन गैरनाफामुलक कम्पनी हो । यो संस्था मुनाफारहित, गैरसरकारी र जनहितकारी सामाजिक संस्था हुने अध्यक्ष मण्डलले बताए ।

२०५४ सालमा स्थापना भएको जीवन विकास समाजले ग्रामिण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्न वित्तीय पहुँच पुर्याउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनाका लागि काम गर्दै आएको छ । जीवन विकास समाजले यसअघि मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो । २४ घण्टे क्लिनिकबाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै अत्याधुनिक सुविधासम्पन्न अस्पताल सञ्चालनको अवस्थामा आइपुगेको हो ।

जीवन विकास सामुदायिक अस्पताल तथा टेक्नीकल एजुकेशन फाउण्डेसनका लागि आठौं तलाको अत्याधुनिक भवनमा तीन ब्लकमा रहनेछन् । भवनको भुईतलामा आकस्मिक सेवा रहेको छ । जुन २० शय्याको छ । पहिलो तलामा ओपीडी, रेडियोलोजी, प्याथोलोजी विभाग रहेको छ ।

त्यसैगरी तेस्रो तालमा एनआइसियू, पिसियू, प्याडयाटिक र गाइनो बार्ड रहेको छ । त्यस्तै चौथो तलामा आइसियू, सिसियू, एचडीयूसी सेवाहरु रहेको छ । यसैगरी पाँचौ तलामा पोस्टप र ओटी सेवाहरु रहेको छ भने छैठौं तलमा प्रशासनको काम कारवाही हुने बताइएको छ । अन्य थप दुई तलाको निमार्ण कार्य जारी रहेको छ ।

*** समाप्त ***
Bagmati
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो