Premier Cables

अपराध

घना बस्तीमा कवाडी व्यवसाय, स्थानीयलाई धुवाँ र फोहोरको सास्ती

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २८, २०८३  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–६ स्थित बीपी टोल आसपास सञ्चालनमा रहेका कवाडी व्यवसायका कारण स्थानीयवासी मारमा परेको गुनासो गरेका छन्। घना बस्ती रहेको क्षेत्रमा कवाडी व्यवसाय सञ्चालन हुँदा फोहोर, धुवाँ तथा सडकमा छरिने कवाडी सामग्रीका कारण दैनिक समस्या भोग्नुपरेको स्थानीयको भनाइ छ।

विराटनगर तथा आसपासका क्षेत्रबाट दैनिक संकलन गरिएका पुराना तथा प्रयोग भइसकेका सामग्री ल्याएर छुट्याउने र रिसाइकल गर्ने क्रममा निस्कने फोहोर तथा प्लास्टिकजन्य सामग्री व्यवसायीहरूले नजिकैको पोखरी आसपास जलाउने गरेको स्थानीयको आरोप छ। फोहोर तथा प्लास्टिक जलाउँदा निस्कने धुवाँका कारण स्थानीयवासीलाई स्वास्थ्यमा समेत समस्या हुने गरेको उनीहरू बताउँछन्।

विज्ञापन

स्थानीय सैयम साहका अनुसार उक्त क्षेत्रमा बिहानको समयमा संकलित फोहोर तथा प्लास्टिकमा आगो लगाउने गरिएको छ। ‘धुवाँका कारण आँखा पोल्ने समस्या हुन्छ। यहाँ धेरै घरमा साना बालबालिका छन्,’ साहले भने।

कवाडी सामग्री ओसारपसारका क्रममा फलामका टुक्रा, सिसालगायतका सामग्री सडकमा खस्ने गरेको र त्यसले बालबालिकालाई समेत जोखिममा पारेको साहको गुनासो छ। उनका अनुसार सडकमा छरिएका ती सामग्रीमा खेल्ने क्रममा बालबालिकाको खुट्टामा चोट लाग्ने गरेको छ।
स्थानीयवासीले समस्या समाधानका लागि स्थानीय प्रशासन तथा महानगरपालिकालाई पटक–पटक जानकारी गराए पनि प्रभावकारी कारबाही नभएको गुनासो गरेका छन्। उनीहरूले घना बस्तीबीच कवाडी व्यवसाय सञ्चालन हुँदा स्थानीयको स्वास्थ्यसँगै सुरक्षामा समेत जोखिम बढेको बताएका छन्।

स्थानीयका अनुसार व्यवसायीहरूले बिहानै संकलन गरिएको फोहोरमा आगो लगाउने गरेका छन्। कवाडी व्यवसायमा फलाम, प्लास्टिकलगायतका सामग्रीसँगै कतिपय अवस्थामा अत्यन्तै प्रज्वलनशील सामग्रीसमेत हुन सक्ने भएकाले आगलागीको जोखिम उच्च रहेको उनीहरूको भनाइ छ।

विराटनगरमा यसअघि पनि कवाडी उद्योगमा भएको आगलागीले ठूलो जनधनको क्षति गराएको घटना छ। केही वर्षअघि विराटनगरको सातघुम्ती मोडस्थित कवाडी उद्योगमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो। त्यसपछि बजार क्षेत्र तथा घना बस्तीमा कवाडी व्यवसाय सञ्चालन गर्न नदिने विषयमा निर्णयसमेत भएको स्थानीयको दाबी छ।
तर अहिले विराटनगर–६ को बीपी चोक तथा आसपासको घना बस्तीमा कवाडी व्यवसाय सञ्चालन भइरहेकाले यसतर्फ महानगरपालिका र स्थानीय प्रशासनको ध्यान जानुपर्ने स्थानीयको माग छ। उनीहरूले बस्तीको सुरक्षा, वातावरणीय प्रभाव तथा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै कवाडी व्यवसायको अनुगमन गरी आवश्यक मापदण्ड पालना गराउन माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka