Premier Cables

खेलकुद

आईपीएलले नयाँ च्याम्पियन पाउने पक्का : पञ्जाब किंग्स फाइनलमा

Calendar सोमबार, जेठ १९, २०८२  | बिहान ८:३० बजे

काठमाडौं । दोस्रो क्वालिफायर्समा मुम्बई इन्डियन्सलाई पराजित गर्दै पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को फाइनलमा प्रवेश गरेको छ । पञ्जाबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

यससँगै १८औं संस्करणको आईपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । पहिलो क्वालिफायर्समा पञ्जाब, रोयल च्यालेञ्जर्स बैगलुरूसँग ८ विकेटले पराजित भएको थियो । यी दुबै टोलीले हालसम्म उपाधि जित्न सकेका छैनन् । पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले सानदार ब्याटिङ गरे ।

बिज्ञापन

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा वर्षाका कारण खेल निकै ढिला सुरू भएको थियो । पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रनको योगफल तयार पारेको थियो ।

ओपनर रोहित शर्मा ८ रन बनाएर बाहिरिएका थिए । दोस्रो विकेटका लागी जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गरे । बेयरस्टोले ३८ रन जोडे । तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । दुबै ब्याटरले समान ४४(४४ रनको योगदान दिए । नमन धिरले ३७ र कप्तान हार्दिक पान्ड्याले १५ रन बनाए । पञ्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ विकेट लिए ।

जवाफमा २ सय ४ रनको लक्ष्य पञ्जाबले १ ओभर बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो । ओपनर प्रियांश आर्याले २० रनमा बाहिरिए । जोश इंग्लिसले ३८ र प्रभसम्रन सिंहले ६ रन बनाए । नेहाल वोधेराले ४८ रनको योगदान दिए । नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । श्रेयस ४१ बलमा ५ चौका र ८ छक्कासहित ८७ रनमा अविजित रहे । मुम्बईका अश्वनी कुमारले २ विकेट तथा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १(१ विकेट लिए ।

फाइनल खेल मंगलबार खेलिने छ ।

*** समाप्त ***
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो