Premier Cables

राजनीति

निर्वाचन क्षेत्रबाहिर र विदेशमा रहेका मतदातालाई मतदानको अवसरबारे आयोगको छलफल

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | साँझ ६:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं | निर्वाचन आयोगले मतदाता नामावलीमा नाम रहेका तर आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर उपलब्ध गराउने विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गरेको छ।

आयोगले आयोजना गरेको छलफलमा नीति अनुसन्धान प्रतिष्ठान, नेपाल पोलिसी इन्स्टिच्युट, विभिन्न विश्वविद्यालयका अध्येता तथा अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासंघ, ब्लकचेन एसोसिएसन, सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञलगायत सहभागी थिए।

विज्ञापन

कार्यक्रममा विदेश तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदातालाई मतदानमा सहभागी गराउन सकिने विभिन्न विकल्पबारे छलफल गरिएको थियो। हुलाक मतदान, प्रतिनिधिमार्फत मतदान, इन्टरनेट मतदान तथा सूचना प्रविधिको प्रयोगबाट हुने हुलाक मतदानका सम्भावना, चुनौती र कार्यान्वयनका लागि आवश्यक पूर्वशर्तबारे विज्ञहरूले धारणा राखेका थिए।

त्यस्तै, मतदाता पहिचान तथा प्रमाणीकरण, एक व्यक्ति–एक मतको सुनिश्चितता, मतपत्रको गोपनीयता, साइबर तथा सूचना प्रविधि सुरक्षा, मतदान प्रणालीको विश्वसनीयता र लेखापरीक्षण, लागत, मतदाता शिक्षा, आवश्यक जनशक्ति, परीक्षण तथा चरणबद्ध कार्यान्वयनका विषयमा पनि छलफल भएको आयोगले जनाएको छ।

कार्यक्रममा निर्वाचन आयुक्त डा. राजीव सुब्बाले विदेश तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदातालाई मतदानमा सहभागी गराउने आवश्यकता, सम्भावित मतदान प्रणाली र विभिन्न देशमा प्रयोग भइरहेका अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए।

छलफलबाट प्राप्त सुझावलाई विदेश तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको मतदान अधिकार सुनिश्चित गर्ने सम्भावित व्यवस्था तय गर्न उपयोग गरिने आयोगले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka