Premier Cables

राष्ट्रिय

पहिरोले थुनिएको किम्रोङ खोलाको बहाव खुल्यो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | बिहान ७:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाव खुलेको छ।

गएराति करिब ८ बजेतिर पहिरो खसेपछि किम्रोङ खोला थुनिएको थियो। खोला थुनिएपछि स्थानीयवासीमा जोखिम बढ्न सक्ने भन्दै चिन्ता उत्पन्न भएको थियो।

विज्ञापन

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार रातभरिमा खोलाको पानीको बहाव आफैं खुलेको हो।

उनका अनुसार बिहान सबेरै स्थानीयवासीसँग सम्पर्क गर्दा खोला पूर्ण रूपमा खुलिसकेको र अहिले साविककै अवस्थामा बगिरहेको जानकारी प्राप्त भएको छ।

बरालले खोलामा पानीको बहाव खुलेपछि तत्कालका लागि जोखिमको अवस्था नरहेको जानकारी दिएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka