काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले भदौ १० गते रसुवाका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रको मात्र नभई सम्पूर्ण देशकै साझा विपत्ति भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा पुर्याएको क्षति र पीडा सिंगो राष्ट्रकै दुःख भएको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन। यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’
विज्ञापन
गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्रीले संसद्मार्फत देशवासी र प्रभावित क्षेत्रका जनताप्रति सहानुभूति व्यक्त गरेका हुन्।