Premier Cables

अर्थ

शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाको नेतृत्वमा २ करोड रुपैयाँभन्दा बढी नगद तथा सामग्री सहयोग

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | अपराह्न २:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाको नेतृत्वमा २ करोड रुपैयाँभन्दा बढी नगद तथा सामग्री सहयोग गरिएको छ।

सोमबार आयोजित कार्यक्रममा शारडा तथा राठी ग्रुपका तर्फबाट १ करोड १ लाख रुपैयाँ सहयोग गरिएको हो।

विज्ञापन

यस्तै, शिवम सिमेन्टका तर्फबाट बाढीपछिको पुनर्निर्माणमा प्रयोग हुने ११ हजार बोरा सिमेन्ट सहयोग गरिएको छ।

शारडा ग्रुपकै शिवम् होल्डिङका तर्फबाट थप २१ लाख रुपैयाँ सहयोग गरिएको शारडा ग्रुपका अध्यक्ष पवन शारडाले जानकारी दिए।

सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

चेक हस्तान्तरण कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, ग्रुपका निर्देशक गौरव शारडा, राठी ग्रुपका प्रबन्ध निर्देशक अनुपम राठी तथा शिवम सिमेन्टका निर्देशक रघुनन्दन मारु लगायतको उपस्थिति थियो।

शारडा ग्रुपका प्रबन्ध निर्देशक पवन शारडाले यसअघि पनि एसियन थाइ फुड्सका तर्फबाट बाढी तथा विपद्बाट प्रभावितका लागि ६० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिसकेका छन्।

यससँगै शारडा ग्रुप तथा आबद्ध कम्पनीहरूबाट बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको तत्कालीन राहतदेखि पुनर्निर्माणसम्मका लागि उल्लेख्य सहयोग जुटेको छ।

शारडा ग्रुपले विपद्का कारण प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा भौतिक संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले नगदसँगै निर्माण सामग्री तथा खाद्यान्नसमेत उपलब्ध गराएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाको नेतृत्वमा २ करोड रुपैयाँभन्दा बढी नगद तथा सामग्री सहयोग

Clock Iconसोमबार, भाद्र १५, २०८३

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट ग्यास आपूर्ति

Clock Iconआइतबार, भाद्र १४, २०८३

जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित

Clock Iconआइतबार, भाद्र १४, २०८३

लायन्स क्लब अफ विराटनगर सिटिजन्सद्वारा बाढीपहिरो प्रभावितका लागि १ लाख ११ हजार सहयोग

Clock Iconआइतबार, भाद्र १४, २०८३

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

Clock Iconआइतबार, भाद्र १४, २०८३

बाढीपीडितलाई होल्डिङ सेन्टरबाट राहत, नदी पारिका क्षेत्रमा वितरण चुनौती

Clock Iconआइतबार, भाद्र १४, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka