Premier Cables
Premier Steel

समाचार

तिब्बतमा ताल फुट्यो: नेपाल प्रहरीद्वारा ‘अलर्ट नोटिस’ जारी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १२, २०८३  | अपराह्न १२:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । तिब्बती क्षेत्रमा थुनिएको ताल फुटेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सर्वसाधारणलाई तत्काल उच्च सतर्कता अपनाउन आग्रह गर्दै ‘अलर्ट नोटिस’ जारी गरेको छ।

चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नरेन्द्र परियारले पुष्टि गरेका छन्। ताल फुट्दा नदीमा बाढीको बहाव एक्कासि बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा प्रहरीले पूर्वसतर्कता अपनाउन आह्वान गरेका हुन्।

बिज्ञापन

प्रहरीले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, स्थानीय बासिन्दा र सर्वसाधारण सबैलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न र विशेष सावधानी अपनाउन अपिल गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka