Premier Cables
Premier Steel

खेलकुद विराटनगर

विराट गोल्डकप: चर्च ब्वाइजलाई हराउँदै घरेलु टोली सम्राट फाइनलमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | राती ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सम्राटले उपाधि भिडन्त पक्का गरेको हो ।
पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएको सम्राटले डेब्युमै फाइनल पुग्ने सफलता हात पारेको छ । अब शनिबार हुने उपाधि भिडन्तमा सम्राटले झापा–११ को सामना गर्नेछ । रात्रिकालीन समयमा भइरहेको प्रतियोगिताको फाइनल खेल पनि शनिबार राति नै हुनेछ ।

बिज्ञापन

सम्राटको जितमा सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले १–१ गोल गरे । खेलको प्यलेर अफ द म्याच सम्राटका सुरुवाती खोल गर्ने सौरभ तामाङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

खेलको ५० औँ मिनेटमा सौरभ तामाङले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको ७ मिनेटको इन्जुरी समयमा सम्राटले थप दुई गोल गर्दै जित सुनिश्चित ग¥यो ।

इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट बित्न नपाउँदै इन्जुरी समयको छैटौँ मिनेटमा विवेक राईले गोल गरेपछि सम्राट ३–० ले विजयी भयो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु दर्शकको भरपुर साथ पाएको सम्राटले सुरुदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिए पनि पहिलो हाफमा केही सुन्दर अवसरहरू चुकाएको थियो ।

खेलको २९ औँ मिनेटमा आदित्य शाक्यको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो भने ३२ औँ मिनेटमा आशिष चौधरीले डिबक्स भित्रबाट गरेको कडा प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

दोस्रो हाफको सुरुवातमै गोल खाएपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने केही प्रयास गरे पनि सफल हुन सकेन । चर्च ब्वाइजका स्ट्राइकर समीर तामाङ फिनिसिङमा पटक–पटक चुकेका थिए ।

६७ औँ मिनेटमा समीरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो भने ७२ औँ मिनेटमा सृजन गौतमको प्रहारले पनि सही दिशा लिन सकेन । अन्ततः गोलका अवसरहरू सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो ।

यसअघि सम्राटले क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ ले पराजित गरेको थियो । अर्कोतर्फ, झापा–११ ले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पाखा लगाउँदै फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka