Premier Cables
Premier Steel

अपराध विराटनगर

विराटनगरमा भन्सार छलिका सामानसहित दुई टेम्पो नियन्त्रणमा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ३०, २०८२  | अपराह्न ३:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भन्सार छली गरेर भित्र्याइएको अवैध कपडा तथा अन्य सामग्रीसहित दुईवटा अटो टेम्पो मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-६ क्षेत्रमा सवारी जाँचका क्रममा को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका अटो टेम्पो नियन्त्रणमा लिएको हो।

बिज्ञापन

जाँचका क्रममा करिब ३ लाख रुपैयाँ बराबरका कपडा तथा खाद्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्रीमा कुर्ता–सुरुवाल, सल सेट, कुर्ता–टप, कुर्ता, पुरुष हाफ भेष्ट, लेडिज कर्ट सेट, पर्ता, सुरुवाल, तुनावाला हाफ कुर्ती तथा महिलाका मेक्सी रहेका छन्। यसका साथै तीन बोरामा करिब १ सय केजी हरियो मोटर दाना पनि फेला परेको छ।

प्रहरीले आइतबार दिउँसो र रातिको समयमा उक्त सामग्री नियन्त्रणमा लिएको हो। प्रहरी प्रवक्ता लिलाराज लामिछानेका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रहरीका अनुसार बरामद सामग्रीमध्ये कुर्ता–सुरुवाल सल सेट ४४४ थान, कुर्ता–टप ३९ थान, कुर्ता २८५ पिस, पुरुष हाफ भेष्ट ९४ पिस, लेडिज कर्ट सेट १७५ पिस, लेडिज पर्ता ४० पिस, लेडिज सुरुवाल १०८ पिस, तुनावाला हाफ कुर्ती ६६ पिस र महिलाका मेक्सी ४० पिस रहेका छन्। साथै तीन बोरामा करिब १ सय केजी हरियो मोटर दाना समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa