Premier Cables
Premier Steel

राष्ट्रिय

बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री शाहको स्थलगत निरीक्षण

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ११, २०८३  | साँझ ४:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन ।

प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए । उनले बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्था तथा क्षतिको स्थलगत अवलोकन गरी आवश्यक जानकारी लिएका हुन।

बिज्ञापन

हिजो रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहेका थिए । बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका उनले प्रभावित क्षेत्रको प्रत्यक्ष अवस्था बुझ्न नुवाकोट पुगेका हुन ।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्था र उद्धार तथा राहत कार्यबारे छलफल गरेको थियो।

सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।

स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौँ फर्किएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka