Premier Cables
Premier Steel

शेयर बजार

लगातार तेस्रो दिन घट्यो सेयर बजार

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन १३, २०८३  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ। अघिल्लो दिन ४.६४ अंकले घटेको बजार आज थप ७.७९ अंकले झर्दै २ हजार ६८८.२३ बिन्दुमा पुगेको हो।

कारोबारको सुरुआती चरणमा बजारमा सुधार देखिए पनि त्यो टिक्न सकेन। दिउँसो १२:४० बजे नेप्से २ हजार ७०६ बिन्दुसम्म उक्लिएको थियो। त्यसपछि भने बिक्री दबाब बढ्दै जाँदा अन्तिमसम्म बजार निरन्तर घटेको देखियो।

बिज्ञापन

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब २ करोड रुपैयाँमा सीमित रह्यो। आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको घट्यो भने ११ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचकतर्फ अधिकांश क्षेत्र राताम्य रहे। ‘अन्य’ समूह मात्रै ०.४३ प्रतिशतले बढ्दा बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार समूह ०.०१ प्रतिशतले घटेका छन्।

सूचीकृत भएपछि लगातार सकारात्मक सर्किट नजिक कारोबार भइरहेको एभरेस्ट कलरको सेयर मूल्य बुधबार पनि १५ प्रतिशतले बढ्यो। त्यसैगरी स्नो रिभर्स ४.९० प्रतिशत, खानीखोला हाइड्रोपावर ३.६२ प्रतिशत, हिमालयन पावर पार्टनर ३.३५ प्रतिशत तथा मेन्छियाम हाइड्रोपावर २.२४ प्रतिशतले उकालो लागे।

यता, मातृभूमि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशतले घट्यो। कर्पोरेट डेभलपमेन्ट बैंक ४.४२ प्रतिशत र शुभम् पावर ४.२६ प्रतिशतले ओरालो लागेका प्रमुख कम्पनीमा परे।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र रिडी पावर कम्पनी अग्रस्थानमा रहे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa