Premier Cables
Premier Steel

विराटनगर

कोशी अस्पतालको अतिक्रमित जग्गामा चल्यो डोजर, पसल सर्टर भत्काइयो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २९, २०८३  | बिहान ८:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको कोशी अस्पताल परिसरभित्र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनाहरूमा आज बिहानैदेखि डोजर चलाइएको छ। अस्पताल प्रशासनले यसअघि सार्वजनिक गरेको हटाउनुपर्ने संरचना र व्यावसायिक पसलहरूको सूचीअनुसार आज बिहान ६ बजेबाटै डोजर चलाउन सुरु गरिएको हो।

सम्भावित तनावलाई मध्यनजर गर्दै प्रहरीको बाक्लो उपस्थितिबीच डोजर चलाएर संरचनाहरू भत्काउने काम भइरहेको छ। डोजर कारबाहीको पहिलो चरण अन्तर्गत अस्पताल मोड र देवकोटा चोक क्षेत्रमा रहेका सम्पूर्ण व्यावसायिक सटरहरू खाली गराई भत्काइएको छ। यस्तै, अस्पताल जग्गामा रहेका नेपाल रेडक्रस सोसाइटी मोरङ र नेपाल क्षयरोग निवारण संस्था मोरङको हकमा भने हाललाई मुख्य गेट मात्र खोलिएको छ।

बिज्ञापन

अतिक्रमित संरचनाहरू हटाएपछि अस्पताल प्रशासनले उक्त जग्गालाई संरक्षण र उपयोग गर्ने तत्कालै योजना अघि सारेको छ। खाली गराइएको क्षेत्रमा तुरुन्तै घेराबेरा गरेर जग्गा सुरक्षित गरिनेछ र अस्पतालमा बिरामीको चाप अनुसार सेवा विस्तार गर्न अपुग रहेका भवन तथा वार्डहरू सोही खाली ठाउँमा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको दीर्घकालीन सेवा विस्तार र सरकारी सम्पत्तिको संरक्षणका लागि चालिएको यो कदमले अब अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa