Premier Cables

खेलकुद

स्विट्जरल्याण्डलाई हराएर अर्जेन्टिना सेमिफाइनलमा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | बिहान ९:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई ३-१ ले पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियान अल्भारेज र लौटारो मार्टिनेजले एक-एक गोल गरे।

विज्ञापन

खेलको १०औँ मिनेटमा लियोनल मेस्सीको उत्कृष्ट पासलाई एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हाफमा स्विट्जरल्याण्डले खेलमा पुनरागमन गर्‍यो। ६६औँ मिनेटमा ड्यान एन्डोएले बायाँ विङबाट अघि बढ्दै गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उनले अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजको खुट्टाबीचबाट बल जालीमा पठाएका थिए।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा अर्जेन्टिनाले आफ्नो आक्रामक खेललाई जारी राख्यो। जुलियान अल्भारेजले निर्णायक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको १२१औँ मिनेटमा लौटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को सहज जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka