Premier Cables
Premier Steel

खेलकुद

विश्वकप २०२६: ब्राजिल र मोरक्कोबीच रोमाञ्चक भिडन्त, स्कटल्यान्डको लक्ष्य सुखद सुरुआत

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३०, २०८३  | साँझ ४:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा आइतबार पाँच पटकको विश्वविजेता ब्राजिलले अफ्रिकी शक्तिशाली टोली मोरक्कोको सामना गर्दैछ।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ३:४५ बजे सुरु हुनेछ।

बिज्ञापन

पछिल्ला दुई विश्वकपमा क्वार्टरफाइनलमै सीमित भएको ब्राजिल यसपटक उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। कतार विश्वकप २०२२ मा क्रोएसियासँग पराजित भएको ब्राजिल चार वर्षअघि रुसमा पनि अन्तिम आठबाटै बाहिरिएको थियो।

ब्राजिलका लागि यो प्रतियोगिता विशेष महत्वको छ। गत वर्ष इटालियन प्रशिक्षक कार्लो एन्सिलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरेसँगै ब्राजिलियन फुटबल इतिहासमा पहिलो पटक स्थायी विदेशी प्रशिक्षकको नेतृत्वमा टोली विश्वकप खेल्दैछ। अनुभवी एन्सिलोटीले आफ्नो सफल प्रशिक्षण यात्रालाई विश्वकप उपाधिसहित पूर्णता दिने लक्ष्य राखेका छन्।

विश्वकपका सबै संस्करणमा सहभागी एकमात्र टोली ब्राजिलले हालसम्म ११४ खेलमध्ये ७४ खेल जित्दै पाँच पटक उपाधि जितेको छ। तर सन् २००२ पछि भने ब्राजिलले विश्वकप ट्रफी उचाल्न सकेको छैन। भिनिसियस जुनियर र राफिन्हा ब्राजिलका प्रमुख आशा हुन्।

यता, ‘एट्लास लायन्स’ उपनामले परिचित मोरक्कोले कतार विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको थियो। यसपटक पनि त्यही सफलता दोहोर्याउने लक्ष्यमा रहेको मोरक्कोका कप्तान अक्राफ हकिमी र ब्राहिम डियाज मुख्य आकर्षण रहनेछन्।

स्कटल्यान्ड र हाइटीबीच पनि रोचक प्रतिस्पर्धा

समूह ‘सी’ अन्तर्गतको अर्को खेलमा स्कटल्यान्डले हाइटीको सामना गर्नेछ। यो खेल नेपाली समयअनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुनेछ।

५२ वर्षपछि विश्वकपमा फर्किएको हाइटी आफ्नै महादेशमा भइरहेको प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्ने लक्ष्यमा छ। कोनकाकाफ छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको हाइटीले प्रतियोगिताअघि न्युजिल्यान्डलाई ४–० ले हराएको थियो।

अर्कोतर्फ, नवौं पटक विश्वकप खेल्न लागेको स्कटल्यान्ड १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागी हुँदैछ। युईएफए छनोटमा प्रभावशाली प्रदर्शन गरेको स्कटल्यान्डलाई यसपटक ‘डार्क हर्स’ टोलीका रूपमा हेरिएको छ।

स्कट म्याकटोमिने र एन्डी रोबर्टसनजस्ता अनुभवी खेलाडीको साथ पाएको स्कटल्यान्ड समूह चरण पार गर्दै पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्यमा छ। त्यसका लागि तुलनात्मक रूपमा कमजोर मानिएको हाइटीविरुद्ध जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गर्ने योजनामा स्कटल्यान्ड रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka