Premier Cables
Premier Steel

खेलकुद

विश्वकप २०२६: स्वीडेनको विजयी सुरुवात, ट्युनिसियामाथि ५-१ को शानदार जित

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | बिहान ९:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्वीडेनले ट्युनिसियालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ ।

समूह ‘एफ’ अन्तर्गत सोमबार बिहान मेक्सिकोको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई गोल गरे भने अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एक–एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए ।

बिज्ञापन

खेलको सातौं मिनेटमै यासिन अयारीले गोल गर्दै स्वीडेनलाई सुरुवाती अग्रता दिलाएका थिए । ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मिएका अयारीले गोल गरेपछि भने खुसीयाली मनाएनन् ।

त्यसपछि ३०औं मिनेटमा अलेज्यान्डर इसाकले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए । भिक्टर ग्योकेरेसको पासमा इसाकले ट्युनिसियाका डिफेन्डरलाई छलाउँदै आकर्षक गोल गरेका थिए ।

तर पहिलो हाफको अन्त्यतिर ट्युनिसियाले खेलमा फर्कने संकेत देखायो । ४३औं मिनेटमा हानीबल मेज्बरीको क्रसमा ओमार रेकिकले हेडमार्फत गोल गर्दै अन्तर घटाए ।

दोस्रो हाफमा भने स्वीडेनले आफ्नो दबदबा कायम राख्यो । ५९औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए । त्यसपछि ८६औं मिनेटमा माथिएस स्भानवर्गले चौथो गोल थपे । सुरुमा सहायक रेफ्रीले अफसाइड संकेत गरे पनि भिएआर परीक्षणपछि गोललाई मान्यता दिइएको थियो ।

इन्जुरी समयको छैटौं मिनेटमा यासिन अयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्वीडेनलाई ५–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै स्वीडेनले समूह ‘एफ’ मा तीन अंक जोडेको छ । यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र जापानले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । दुवै टोलीको खातामा समान एक अंक छ भने ट्युनिसिया अंकविहीन रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka