Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

चार महिनापछि अली खामेनीलाई मशहदको इमाम रेजा दरगाहमा दफन

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २६, २०८३  | बिहान १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनाभन्दा बढी समयपछि उनको शव देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमध्ये एक मानिने मशहदस्थित इमाम रेजा दरगाहमा दफन गरिएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान धार्मिक परम्पराअनुसार निजी रूपमा दफन प्रक्रिया सम्पन्न गरिएको हो। विशाल सुनौलो गुम्बज र सुनले सजिएका मिनारले परिचित इमाम रेजा दरगाह शिया मुस्लिमहरूको प्रमुख धार्मिक केन्द्र मानिन्छ।

बिज्ञापन

यद्यपि अन्तिम दफन प्रक्रिया निजी रूपमा सम्पन्न भए पनि त्यसअघि एक सातासम्म देशभर सार्वजनिक श्रद्धाञ्जली र शवयात्रा आयोजना गरिएको थियो। इरानी सरकारी अनुमानअनुसार ती कार्यक्रममा तीन करोडभन्दा बढी नागरिक सहभागी भएका थिए भने अन्य स्रोतहरूले करिब एक करोड ५० लाख मानिसको सहभागिता जनाएको उल्लेख गरेका छन्।

अन्त्येष्टि कार्यक्रमका क्रममा खामेनीका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिएका छैनन्। उनी फेब्रुअरी २८ मा तेहरानस्थित खामेनी निवासमा भएको अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक कार्यक्रममा सहभागी नभएको जनाइएको छ। सोही आक्रमणमा अली खामेनीको मृत्यु भएको थियो, जसलाई अमेरिका–इजरायल र इरानबीचको युद्धको सुरुआतका रूपमा हेरिएको छ।

खामेनीको अन्त्येष्टि सुरुमा मार्च महिनामै गर्ने तयारी भए पनि जारी युद्धका कारण कार्यक्रम स्थगित गरिएको थियो।

गत शनिबार तेहरानको ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सुरु गरिएको थियो। त्यहाँ सर्वसाधारणलाई श्रद्धाञ्जली अर्पण गर्न खामेनीको शव राखिएको कफिन प्रदर्शन गरिएको थियो। कार्यक्रममा गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डलले पनि सहभागिता जनाएका थिए।

सोमबार तेहरानमा निकालिएको मुख्य शवयात्रामा लाखौं मानिस सडकमा उत्रिएका थिए। खामेनीको कफिन ट्रकमा राखेर करिब १० किलोमिटर लामो यात्रा गराइएको थियो, जुन इस्लामिक क्रान्तिपछिकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक मानिएको आजादी स्क्वायरसम्म पुगेको थियो।

त्यसपछि मंगलबार पवित्र सहर कोममा पनि श्रद्धाञ्जली सभा तथा शवयात्रा आयोजना गरिएको थियो। त्यसपश्चात् खामेनीको कफिन इराक लगिएको थियो, जहाँ नजफ र कर्बलाजस्ता शिया मुस्लिमहरूको पवित्र धार्मिक सहरमा समेत श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि अन्ततः उनको शव जन्मस्थान मशहदमा ल्याएर दफन गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa