Premier Cables
Premier Steel

कोशी प्रदेश

एमाले कोसीस्तरीय सुझाव संकलन भेलाः माथिदेखि नै नेतृत्व परिवर्तनकाे माग

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०२, २०८३  | राती ८:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमालेको कोसी प्रदेशस्तरीय सुझाव संकलन भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको व्यापक पुनर्गठन र नेतृत्व परिवर्तनको आवश्यकता औँल्याएका छन्।

विराटनगरमा मंगलबारदेखि सुरु भएको दुईदिने भेलामा सहभागीहरूले पार्टीलाई वडा तहदेखि केन्द्रसम्म पुनर्संरचना गर्नुपर्ने र नयाँ नेतृत्वमार्फत संगठनलाई पुनर्जीवित गर्नुपर्ने धारणा राखेका हुन्।

बिज्ञापन

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा पार्टी संगठनका विषयमा सुझाव संकलन गर्न एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सुझाव संकलन कार्यदल गठन गरेको छ। सोही कार्यदलले देशभर सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। त्यसअन्तर्गत कोसी प्रदेशस्तरीय कार्यक्रम विराटनगरमा आयोजना गरिएको हो।

भेलामा सहभागी एक नेताका अनुसार पार्टीभित्र नेतृत्व परिवर्तनको विषयमा खुला रूपमा बहस भएको छ। उनका अनुसार कम्युनिष्ट आन्दोलन नै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला पार्टीलाई नयाँ ढंगले अघि बढाउन नेतृत्वमा समेत परिवर्तन आवश्यक रहेको धारणा सहभागीहरूले व्यक्त गरेका छन्।

“कम्युनिष्ट आन्दोलन संकटबाट गुज्रिरहेको अवस्थामा पार्टीभित्र नेतृत्व परिवर्तनको माग पनि सशक्त रूपमा उठेको छ,” ती नेताले भने।

भेलामा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, सचिवहरू शेरधन राई, भानुभक्त ढकाल र हिक्मत कार्कीलगायत शीर्ष नेताहरू सहभागी छन्। यसका साथै कोसी प्रदेश भूगोलका केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको छ।

छलफलका क्रममा सहभागीहरूले एमालेलाई वडा, क्षेत्र, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुनर्गठन गर्नुपर्ने सुझाव दिएका छन्। व्यक्ति–केन्द्रित कार्यशैलीका कारण पार्टीले संगठनात्मक र निर्वाचन दुवै क्षेत्रमा क्षति व्यहोर्नुपरेको निष्कर्षसमेत भेलामा प्रस्तुत गरिएको छ।

“व्यक्ति केन्द्रित हुँदा पार्टीले ठूलो नोक्सानी बेहोर्नुपरेको छ। निर्वाचनमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ,” एक सहभागी नेताले भने, “नेतृत्वको कार्यशैलीका विषयमा समेत गम्भीर छलफल भएको छ।”

सुझाव संकलन कार्यक्रममा कोसी प्रदेशका पाँचथरबाहेक १३ वटै जिल्लाका पदाधिकारी सहभागी छन्। यस्तै, फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका नेताहरूले पनि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रस्तुत गरेका छन्।

कार्यक्रम सुरु हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट भेलालाई सम्बोधन गरेका थिए। उनले निर्वाचनका क्रममा डर र त्रासको वातावरण सिर्जना गरेर सत्ता कब्जा गरिएको आरोप लगाउँदै त्यसबाट मुक्त हुन पार्टी एकताबद्ध हुनुपर्ने बताएका थिए।

सहभागी एक नेताका अनुसार ओलीले पार्टी अध्यक्ष परिवर्तनसम्बन्धी चर्चाप्रति पनि असन्तुष्टि जनाएका थिए। “महाधिवेशन भएको तीन महिना पनि पूरा भएको छैन, कुन विधिबाट अध्यक्ष हटाउने भन्ने कुरा उठाइँदैछ ?” भन्दै उनले प्रश्न गरेका थिए।

भेलामा जिल्ला अध्यक्ष, निर्वाचनका उम्मेदवार तथा केन्द्रीय सदस्यहरूले आफ्ना सुझाव प्रस्तुत गरिसकेका छन्। कार्यक्रमको दोस्रो दिन बुधबार महासचिव शङ्कर पोखरेलले भेलालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa