Premier Cables

राजनीति

जगदीश कुशियैतको ठाउँमा सुनसरी ४ मा कांग्रेस छाडेर आएका अबुल हुसेन उमेदवार

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न १:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट अबुल हुसैन अनसारी प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार बनेका छन्।

नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका अनसारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वीकृति पाएपछि उम्मेदवारी तय भएको हो।

विज्ञापन

यसअघि सो क्षेत्रबाट एमालेले जगदिश कुशियैतलाई उम्मेदवार बनाएको थियो। पछि उनको स्थानमा अनसारीलाई उम्मेदवार बनाइएको हो। कुशियैत यसअघि पनि सोही क्षेत्रबाट उम्मेदवार रहिसकेका छन्। उनी एक कार्यकाल कोशी प्रदेशसभा सदस्य भई प्रदेश वन तथा पर्यटन मन्त्रीसमेत बनेका थिए।

एमाले प्रवेशबारे अनसारीले आफ्नो ऊर्जाशील जीवनको ठूलो हिस्सा नेपाली कांग्रेसमा बिताएको उल्लेख गर्दै कांग्रेसमै रहँदा राजनीतिक उकाली–ओराली र आरोह–अवरोह पार गरेको बताएका छन्।

तर पछिल्लो समय पार्टीभित्र बढेको आन्तरिक किचलो र स्वार्थकेन्द्रित राजनीतिले आफू निराश भएको उनको भनाइ छ। कांग्रेस लोकतन्त्रको मर्म र बीपीको सिद्धान्तबाट विचलित हुँदै गएको महसुस भएपछि एमाले प्रवेश गरेको उनले जनाएका छन्।

“भारी मनका साथ नेपाली कांग्रेस त्यागेको घोषणा गर्दछु। हामीले सुनसरीमा सधैँ आगन्तुकलाई नेता मान्यौं। पार्टीमा हाम्रो योगदानको कहिल्यै उचित मूल्यांकन भएन, जसले मेरो मन सधैँ दुखाइरह्यो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यस पटकको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिस्पर्धा गर्ने घोषणा पनि अनसारीले गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka