Premier Cables
Premier Steel

मौसम

कोशी प्रदेशमा मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २९, २०८३  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल नजिक रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण आज कोशी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिज्ञापन

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने मधेस प्रदेशसहित तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका केही हिमाली भूभागमा वर्षा र हिमपात हुन सक्ने पनि अनुमान गरिएको छ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka