Premier Cables

अर्थ

विद्युत ट्रिपिङ तथा फल्क्च्यूएशन समस्याको समाधान गर्न उद्योग संगठनको आग्रह

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रभित्र केही दिनयता दैनिक रूपमा पटकपटक भइरहेको विद्युत ट्रिपिङ र फल्क्च्यूएशनका कारण उद्योग, व्यवसाय तथा सर्वसाधारण नागरिक गम्भीर समस्यामा परेको भन्दै उद्योग संगठन मोरङले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

समस्याको जानकारी गराउदै उद्योग संगठन मोरङले आज बिहीवार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई पत्राचार गरेको अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । पत्र मार्फत बारम्बार भइरहेको ट्रिपिङ र फल्क्च्यूएशनको समस्याको तत्काल समाधान गर्न, आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन समाधान गर्न आग्रह गरिएको उनले बताए ।

विज्ञापन

अध्यक्ष राठीका अनुसार हाल औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटक भन्दा बढी भइरहेको विद्युत ट्रिपिङले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पु¥याएको छ । बारम्बारको विद्युत अवरोधका कारण उद्योगका मिल तथा मेसिनरीमा क्षति पुग्ने, उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुने, उत्पादन कार्य प्रभावित भई श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना हुदा उद्योगहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको उनले बताए ।

उनले वर्तमान समयमा इन्धनको मूल्यवृद्धिका कारण जेनेरेटर सञ्चालन गरेर उत्पादन गर्नुपर्दा उत्पादन लागत उल्लेख्य रूपमा बढ्ने र त्यसले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

बारम्वारको ट्रिपिङ तथा फल्क्च्यूएशनले विद्युतीय उपकरणहरूको प्रयोगमा समस्या उत्पन्न भएको, विद्यार्थी, कार्यालय तथा घरायसी कामकाज समेत प्रभावित भएकाले उद्योग, व्यवसाय तथा आमनागरिकको हितलाई मध्यनजर गर्दै समस्याको गम्भीरता बुझी ट्रिपिङ तथा फल्क्च्यूएशनको समस्या शीघ्र समाधान गर्न संगठनले विद्युत प्राधिरणलाई आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka