Premier Cables
Premier Steel

खेलकुद

लगातार दोस्रो पटक आईपीएल च्याम्पियन बन्यो आरसीबी, विराट बने जितका नायक

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | बिहान ९:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । १८ वर्षको प्रतीक्षापछि पहिलो पटक आईपीएल उपाधि जितेको रोयल च्यालेन्जर्स बेङ्लुरु (आरसीबी)ले त्यसको रक्षा गर्न भने कुनै कठिनाइ भोग्नुपरेन। लगातार दोस्रो पटक उपाधि जित्दै आरसीबीले आईपीएल इतिहासमा नयाँ उपलब्धि थपेको छ।

फाइनलमा कप्तान राजत पाटीदारले टस जितेर पहिले बलिङ रोज्ने निर्णय गरेपछि आरसीबीका बलरहरूले गुजरात टाइटन्सलाई १५५ रनमा सीमित गरेका थिए। जवाफमा विराट कोहलीको उत्कृष्ट ब्याटिङ प्रेरणामा आरसीबीले पाँच विकेटको सहज जित निकाल्दै लगातार दोस्रो उपाधि उचाल्यो।

बिज्ञापन

रोचक संयोग के रह्यो भने लिग चरणमा पनि आरसीबीले गुजरातविरुद्ध १५५ रनकै लक्ष्य सफलतापूर्वक पछ्याएको थियो।

आरसीबीलाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा जोश हेजलवुडले पहिलो ओभरमै कप्तान शुभमन गिललाई आउट गरे। त्यसपछि भुवनेश्वर कुमार र रसिख सलामले गुजरातको ब्याटिङलाई दबाबमा राखे। भुवनेश्वरले दुई तथा रसिखले तीन विकेट लिए। गत फाइनलका ‘प्लेयर अफ द म्याच’ क्रुनाल पाण्ड्याले पनि चार ओभरमा २३ रन खर्चेर जोस बटलरको महत्वपूर्ण विकेट लिए।

स्विङ अनुकूल पिचमा गुजरातसँग बलियो बलिङ आक्रमण भएकाले १५५ रनको लक्ष्य जोगाउन सक्ने अनुमान गरिएको थियो। आरसीबीले केही महत्वपूर्ण विकेट गुमाए पनि अनुभवी विराट कोहलीले जिम्मेवारीपूर्ण र आक्रामक इनिङ्स खेल्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए।

कोहलीले ४२ बलमा अविजित ७५ रन बनाए। उनको इनिङ्समा नौ चौका र तीन छक्का समावेश थिए। उनले विजयी छक्का प्रहार गर्दै आरसीबी समर्थकको उत्सवलाई पूर्णता दिए। उपाधि रक्षा गर्ने क्रममा उनले आईपीएल फाइनलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमानसमेत कायम गरे। आरसीबीले खेल दुई ओभर बाँकी रहँदा जितेको थियो।

गुजरातको ब्याटिङ धराशायी

यस सिजन ७०० भन्दा बढी रन बनाएका शुभमन गिल र साई सुदर्शनको सफल जोडी फाइनलमा चल्न सकेन। सुदर्शन १२ तथा गिल १० रनमा आउट भएपछि गुजरात सुरुआतमै दबाबमा परेको थियो। जोस बटलर पनि १९ रनमै पभेलियन फर्किएपछि टोलीको अवस्था झन् कमजोर बन्यो।

डेथ ओभरमा हेजलवुड, भुवनेश्वर र रसिखले कसिलो बलिङ गर्दै गुजरातलाई खुल्न दिएनन्। अन्तिम चरणमा गुजरातका ब्याटरले ३७ बलसम्म कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।

विराटको नेतृत्वमा सफल लक्ष्य पछ्याइ

आरसीबीका लागि वेङ्कटेश अय्यरले १६ बलमा ३२ रन बनाएर तीव्र सुरुआत दिलाए। चोट बोकेर खेलेका उनले रबाडाविरुद्ध आक्रामक ब्याटिङ गरे।

विराट कोहलीले पनि सुरुदेखि नै सकारात्मक सोचका साथ ब्याटिङ गर्दै गुजरातका बलरमाथि दबाब सिर्जना गरे। विशेषगरी कागिसो रबाडाविरुद्ध उनले आक्रामक खेल प्रदर्शन गर्दै महत्वपूर्ण रन जोडे।

राशिद खानले दुई विकेट लिएर गुजरातलाई खेलमा फर्काउने प्रयास गरे पनि कोहलीको उत्कृष्ट इनिङ्सका कारण आरसीबी जितबाट टाढा रहेन।

‘यसपटक दबाब महसुस भएन’ : विराट

उपाधिपछि प्रतिक्रिया दिँदै कोहलीले यसपटक टोलीमा असाधारण आत्मविश्वास रहेको बताए।

“गत वर्षजस्तो दबाब यसपटक महसुस भएको थिएन। हामीलाई आफ्नो टोलीको क्षमतामाथि पूर्ण विश्वास थियो,” उनले भने, “यदि हामी आफ्नो योजना अनुसार खेल्न सफल हुन्छौँ भने प्रतियोगिताकै उत्कृष्ट टोली हौँ भन्ने विश्वास सुरुदेखि नै थियो।”

लगातार दोस्रो उपाधिलाई उनले विशेष उपलब्धिका रूपमा वर्णन गरे। “पहिलो उपाधिका लागि धेरै वर्ष कुर्नुपर्‍यो। अहिले भने टोलीमा जुनसुकै बेला खेल जिताउन सक्ने खेलाडी छन्। त्यसैले सबै जिम्मेवारी एक्लैले बोक्नुपर्छ भन्ने महसुस हुँदैन,” उनले भने।

कोहलीले आरसीबीको बलिङ आक्रमणलाई विश्वस्तरीय भन्दै हेजलवुड, भुवनेश्वर कुमार, जेकब डफी, क्रुनाल पाण्ड्या र रसिख सलामको खुलेर प्रशंसा गरे। “बलर र ब्याटर दुवैले निरन्तर योगदान दिएका छन्। यति सन्तुलित र बलियो टोलीसँग खेल्न पाउँदा निकै खुसी लागेको छ,” उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

विद्युत् महसुलमा भ्याट: आम उपभोक्ताको भान्छादेखि दैनिक खर्च बढ्ने चिन्ता

Clock Iconसोमबार, जेठ १८, २०८३

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka