Premier Cables
Premier Steel

खेलकुद

दिल्ली क्यापिटल्सको विजयी शुरुवात

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

बुधबार लखनउस्थित भारतरत्न श्री अटल विहारी वाजपेयी एकाना क्रिकेट रंगशालामा भएको खेलमा घरेलु टोली लखनउले दिएको १४२ रनको लक्ष्य दिल्लीले १७.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

बिज्ञापन

दिल्लीको जितमा समिर रिज्बी नायक बने। उनले ४७ बलमा पाँच चौका र चार छक्काको मद्दतले ७० रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले। रिज्बीले पाँचौँ विकेटका लागि ट्रिस्टन स्टब्ससँग ११९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ डो-याए। स्टब्सले ३९ रन बनाउँदा नितिस रानाले १५ रन जोडे। अन्य खेलाडी भने दोहोरो अंकमा पुग्न सकेनन्।

लखनउका लागि प्रिन्स यादवले दुई विकेट लिए भने मोहसिन खान र मोहम्मद शामीले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउ १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमै समेटिएको थियो। टोलीका लागि अब्दुल समादले ३६ रन बनाए भने सहजाव अहमदले १५, मुकुल चौधरीले १४ र एडन मारक्रमले ११ रनको योगदान दिए।

दिल्लीका बलर लुंगी एनगिडी र टी नटराजनले समान तीन–तीन विकेट लिए भने कुल्दीप यादवले दुई विकेट हात पारे। अक्षर पटेलले एक विकेट लिए।

यस जितसँगै दिल्लीले प्रतियोगितामा पहिलो खेलमै दुई अंक जोडेको छ भने लखनउले हारसँगै कमजोर सुरुआत गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka