Premier Cables
Premier Steel

राजनीति

हर्क साम्पाङले कुलमानलाई भने- अब हामी मिलौं

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १४, २०८३  | साँझ ७:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि प्रस्ताव गरेका छन्।

बुधबार घिसिङलाई औपचारिक निमन्त्रणा पठाएको जानकारी साम्पाङले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

बिज्ञापन

देशका ठूला राजनीतिक दलहरू र तिनका शीर्ष नेताहरूबीच स्वार्थका आधारमा सहकार्य हुन सक्ने भए पनि वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता हुन नसक्नु दुःखद भएको उल्लेख गर्दै साम्पाङले एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले फेसबुकमा लेखेका छन्, “केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने ? यस्तो नि हुन्छ ? मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।”

पछिल्लो समय साम्पाङले आफ्नो पार्टी विस्तारसँगै साना तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने अभियान अघि बढाइरहेका छन्। यसअघि उनले सुदन किराती नेतृत्वको समूहलाई पनि आफ्नो पार्टीमा समाहित गरिसकेका छन्।

नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक समेत रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई आफ्नो अभियानसँग जोड्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य साम्पाङले लिएका छन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka