Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

कोशी अस्पतालमा छुट्टै ब्लड बैंक संचालनमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १४, २०८३  | साँझ ७:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नै परिसरमा ब्लड बैंक सञ्चालनमा ल्याएको छ।

बिरामी तथा उनका आफन्तले रगत अभावका कारण भोग्दै आएको समस्या समाधान गर्न अस्पतालले ब्लड बैंक स्थापना गरेको हो।

बिज्ञापन

अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरेर आवश्यक पूर्वाधार निर्माण तथा उपकरण जडानको काम सुरु गरेको थियो। ब्लड बैंकको उद्घाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनारायण चौधरीले गरेका हुन्। ब्लड बैंक स्थापना गर्न २४ लाख रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार अब अस्पतालमै रगत सङ्कलन, परीक्षण र भण्डारण गर्न सकिने भएकाले सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध हुनेछ। उनका अनुसार यसअघि अस्पताल रेडक्रसमार्फत रगत व्यवस्थापनमा निर्भर रहँदै आएको थियो।

यसैबीच, आँखा विभागमा बिरामीको चाप बढ्दै गएपछि अस्पतालले आफ्नै परिसरमा चस्मा पसल पनि सञ्चालनमा ल्याएको छ। यसअघि बिरामीहरू चस्मा किन्न बाहिरका निजी पसलमा जानुपर्ने बाध्यता थियो, जसले अतिरिक्त समय र खर्च बढाउने गरेको थियो।

अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले बीमाअन्तर्गत १ हजार रुपैयाँसम्मको चस्मा निःशुल्क पाउनेछन् भने अन्य सेवाग्राहीले सहुलियत दरमा चस्मा खरिद गर्न सक्नेछन्।

हाल अस्पतालको आँखा विभागमा दैनिक औसत ४० जना बिरामीले ओपिडी सेवा लिइरहेका छन्।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka