Premier Cables
Premier Steel

राजनीति

श्रमसंस्कृतिका सांसद पर्चासहित बसेपछि मर्यादामा रहन सभामुखले गराए सचेत

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ०४, २०८३  | अपराह्न १२:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल ले संसद्‌भित्र प्ले कार्ड र पर्चा प्रदर्शन नगर्न सांसदहरूलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड देखाउँदै र छातीमा पर्चा टाँसेर विरोध जनाएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् ।

बैठक सुरु हुने क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको आसनअगाडि पुगेर प्ले कार्ड प्रदर्शन गरेका थिए । त्यसपछि उनीहरू छातीमा पर्चा टाँसेरै बैठकमा सहभागी भएका थिए ।

बिज्ञापन

त्यसपछि सभामुख अर्यालले संसद् कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले विरोध पनि संसदीय मर्यादा र अनुशासनभित्र रहेर गर्नुपर्ने बताएका छन् । उनले विभिन्न शैलीमा विरोध गर्न पाइने भए पनि प्ले कार्ड र पर्चा प्रदर्शन गर्ने अभ्यास संसद्को नियम, परम्परा र मर्यादाअनुसार उपयुक्त नभएको उल्लेख गरे ।

सभामुखले आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन निर्देशन दिँदै विरोध सभ्य र मर्यादित ढंगले गर्न आग्रह गरेका छन् । उनले यस्तो शैलीलाई असंसदीय अभ्यासको संज्ञा समेत दिएका छन् ।

सभामुखको निर्देशनपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरू भने छातीमा पर्चा टाँसेरै बैठकमा बसेका थिए ।

यसअघि विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले स्वयं दिनुपर्ने माग गरेका थिए । तर प्रधानमन्त्री अनुपस्थित भएपछि सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिएका थिए ।

प्रतिनिधिसभामा प्रत्येक महिनाको प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा समावेश नभएको अवस्थामा श्रम संस्कृति पार्टीले संसद्‌भित्रै विरोध प्रदर्शन गरेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka