Premier Cables
Premier Steel

सम्पादकीय

मौद्रिक नीतिको सकारात्मक समीक्षापछि पनि सेयर बजार किन घट्यो ?

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १२, २०८२  | साँझ ५:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले सेयर बजारप्रति नरम र सकारात्मक सन्देश दिएको थियो। विशेषगरी सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याइएको निर्णय लगानीकर्ताहरूको लामो समयदेखि रहेको मागलाई सम्बोधन गर्ने खालको हो। यो निर्णयले बैंक तथा वित्तीय संस्थाहरूलाई थप सहज ढंगले कर्जा प्रवाह गर्न सक्ने वातावरण तयार पार्नेछ भन्ने अपेक्षा थियो।

तर यति सकारात्मक नीति आएको भोलिपल्टै अर्थात् सोमबार बजारमा ५.२१ विन्दु घट्दै २६७४.७६ अंकमा सीमित हुनु गम्भीर विश्लेषणको खाँचो भएको संकेत दिन्छ। बजार खुल्नेबित्तिकै हरियाली देखिएको बजारमा किन अचानक बिक्रेताहरू हावी भए र गिरावट देखापर्‍यो? यसको उत्तर बजारमा चलिरहेको अर्को चर्चामा भेटिन्छ—बजेटमार्फत पुँजीगत लाभकरको दर बढाइने तयारी।

बिज्ञापन

यद्यपि बजेट आउन बाँकी छ र अर्थमन्त्री विष्णु पौडेल सेयर बजारमैत्री सोच राख्ने मानिन्छन्। तर पनि अस्पष्ट कानुनी व्यवस्थाका कारण लगानीकर्ताहरूमा अनिश्चितता कायमै देखिन्छ। अहिले अल्पकालीन कारोबारमा ७.५ प्रतिशत र दीर्घकालीनमा ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था छ। तर यो नै अन्तिम कर हो भन्ने कानुनी आधार प्रष्ट नभएकाले बजारमा समय-समयमा करको नाममा अन्योल सिर्जना हुँदै आएको छ।

यदि लाभकरलाई नै अन्तिम कर मानेर कानुनी व्यवस्था गरियो भने बजारले दीर्घकालीन स्पष्ट दिशा पाउनेछ। लाभकरको दर केही वृद्धि भए पनि, यदि त्यो अन्तिम करको रूपमा स्थापित भयो भने त्यसले नकारात्मक असर नगर्ने विश्लेषकहरूको भनाइ छ। अझै सस्तो ब्याजदर र अधिक तरलताले पनि लगानीकर्तालाई बजारतर्फ आकर्षित गरिरहेको देखिन्छ।

पछिल्लो समय नियामक निकायहरू समेत सेयर बजारप्रति नरम हुन थालेका छन्। यसअघि केन्द्रिय बैंकले बजारमा अनेक खामोशी ल्याउने नीतिहरू अवलम्बन गरे पनि अब ती नीतिहरूलाई क्रमशः खुकुलो पारिँदैछ। जुन संकेत स्वयं बजारका लागि दीर्घकालीनरूपमा आशाजनक हो।

संक्षेपमा, मौद्रिक नीतिको समीक्षाले बजारमैत्री संकेत दिएको छ तर पुँजीगत लाभकरको विषयमा स्पष्टता नहुनु, आगामी बजेटप्रति अनिश्चितता र बजारमा फैलिएको हल्लाले तत्कालीन असर पारेको देखिन्छ। यस्तो अवस्थामा सरकार र नियामक निकायले लगानीकर्ताको मनोविज्ञान बुझ्दै विश्वास दिलाउने नीति ल्याउन जरुरी छ। सेयर बजार विश्वासको खेल हो—विश्वास बलियो बनाउने नीतिहरू नै दीर्घकालमा बजारको मेरुदण्ड बन्नेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa