Premier Cables
Premier Steel

राष्ट्रिय

मन्त्रिपरिषद्का चार प्रमुख निर्णय: मल खरिददेखि अध्यादेश पुनः सिफारिससम्म

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | अपराह्न १:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयबारे सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ ।

बिज्ञापन

सरकारले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश २०८३ राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएपछि पुनः जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, भारतसँग जी–टु–जी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।

यस्तै, परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्न विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय गरिएको छ ।

यसका साथै, संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत गरिएको सरकारले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka