विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि शुरु भएको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।
उद्घाटन खेलमा कटहरी क्रिकेट क्लब एकेडेमी विजयी भएको छ । कटहरीले लायन क्रिकेट एकाडेमीलाई ६९ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १६४ रन बनायो । कटहरीका लागि समिर यादवले १८ बलमा ५ छक्का प्रहार गर्दै विस्फोटन ४० रन बनाउँदा आइसटेन रिजाल र अस्वीन कामतले ४०–४० रनको योगदान दिए । लायनसन्दिप ढकाल, रुद्रप्रताप साह, रिदम सापकोटा र किथार्थ बस्नेतले १–१ विकेट लिए ।
जवाफमा १ सय ६५ रनको लक्ष्य पाएको लायनले १८ दशमलव ५ बलमा सवै विकेट गुमाई ९५ रनमा सीमित भयो । लायनका सकिव हकले ३५ रन जोड्दा गौरभ कटवालले २७ रनको योगदान दिए । कटहरीका अस्वीन महतले ३ विकेट लिँदा अस्विन कामतले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कटहरीका अस्वीन कामत घोषित भए ।
फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशकै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न गरेको बताए । उनले प्रदेशमा पहिलो पटक नयाँ ढंगबाट सबैलाई समेट्ने तरिकाले प्रतियोगिता आयोजना गर्न विराटनगरमा क्रिकेटको लिग भएको बताए
प्रतियोगिताका मोरङका ८ वटा क्लवलाई दुई समुहमा विभाजन गरेर खेलाईएको छ । लिगको आधारमा खेलाइएकोे खेलमा दुवै समुहबाट टप हुने टिम विच माघ १० गते फाइनल खेल हुने अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक टोलीमा यु १६ का १ जना, यु १९ का २ जनाका साथै मोरङ जिल्ला बाहिर तर कोशी प्रदेशभित्रका अन्य जिल्लाको कम्तीमा २ जना र बढीमा ३ जना खेलाडी अनिवार्य राख्नु पर्ने प्रावधान रहेको छ।
प्रतियोगितामा करिव २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोतिामा समुह ए मा मिल्स क्रिकेट एकेडेमी, विराटनगर क्रिकेट एकेडेमी, इलाइट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लव एकेडेमी रहने छ भने समुह वि मा लायन क्रिकेट एकेडेमी, कटहरी क्रिकेट एकेडेमी, सिद्धार्थ क्रिकेट एकेडेमी र डाइनामिक क्रिकेट एकेडेमी रहेका छन् ।उचभ
