Premier Cables
Premier Steel

खेलकुद विराटनगर

विराटनगर क्रिकेट लिगमा इलाइटको पहिलो जित

Calendar मंगलबार, माघ ०६, २०८२  | साँझ ६:२५ बजे

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा इलाइट क्रिकेट क्लव विजयी भएको छन् ।

इलाइटले आज भएको खेलमा मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई १७ रनले पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । जितसँगै इलाइटले खेलेको २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ समुह (ए)को तेस्रो स्थानमा रहेको छ । मिल्सले लिगमा पहिलो खेल खेलेको हो ।

बिज्ञापन

टस जितेर ब्याटिङको गरेको इलाइटले सिद्धार्थले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस ५४ रनको योगफल तयार पारेको थियो । इलाइटलागि सागर मल्लिकले ४१ रन बनाउँदा राजु विश्वकर्माले ४० रन बनाए । मिल्सका वैभव राजले ३ लिँदा सुधिर कामत,रेहान शेख,विधान गोस्वामी र नरेन्द्र कर्णले १–१ विकेट लिए ।

जवाफमा १ सय ५५ रनको लक्ष्य पछ्याएको मिल्सले पुरै ओभर खेल्दै ९ विकेट गुमाई १ सय ३७ रन मात्र बनाउँन सक्यो । मिल्सका विधान गोस्वामीले सर्वाधिक ४२ रनको योगदान दिए । इलाइटका राजु विश्वकर्माले ३ विकेट लिँदा मनिस कामतले पनि ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच इलाइतका राजु विश्वकर्मा घोषित भए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka