Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी आमसंचार विधेयक विधायन समितिमा फिर्ता पठाइयो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | बिहान ११:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशसभाको बैठकबाट प्रदेश आमसंचार सम्बन्धी विधेयक विधायन समितिमा पठाइएको छ । प्रदेश सभाको बैठकमा विधायन समितिबाट यसअघि सदनमा पठाइएको संशोधनसहितको प्रतिवेदन सभामुख समक्ष समितिमै फिर्ता गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले प्रस्ताव गरेका थिए ।

त्यसमा सभामुखको निर्देशनसहित पुनः समितिमै पठाउन सर्वसम्मति जुटेको हो । अब समितिमा पुनः छलफल भई विधेयक सभामा पेश हुनेछ ।

बिज्ञापन

पत्रकारलाई एक लाख रुपैयाँ जरिवाना, समाचार कन्टेन्ट प्रकाशन पूर्व नै रोक लगाउन सक्ने लगायत केही प्रावधानको विषयमा पत्रकारहरुले विरोध जनाउँदै यसअघि आन्दोलन गरेका थिए ।

नेपाल पत्रकार महासंघ, संसदीय पत्रकार मंच कोसी तथा अन्य पेशागत पत्रकारहरुको संघ संगठनले आन्दोलन गरी यो विधेयक समितिबाट आएकै स्वरुपमा पारित गरे नमान्ने चेतावनी दिदैं चरणवद्ध आन्दोलन गरेका थिए । मन्त्री पराजुलीले पत्रकारहरुले उठाएका जायज विषयहरुलाई पुर्नविचार र संशोधन गरी सभामा पेश गर्ने तयारी रहेको बताएका छन् ।

सभाको अर्को बैठक यही चैत २२ गते अपरान्ह १ बजे बस्नेछ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka