Premier Cables

राष्ट्रिय

मादीमा जिप खस्दा मृत्यु भएका तीनै जनाको सनाखत

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, जेठ ११, २०८२  | बिहान ८:२८ बजे

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्ता मृत्यु भएका सबै तीन जनाको सनाखत भएको छ । गएराति पुलबाट जिप खसेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा व्यास नगरपालिका–५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २ र २२ वर्षीय कुशल थापा छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताएअनुसार दुर्घटनामा परी जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्।

घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027