Premier Cables
Premier Steel

समाचार

तीन पूर्व प्रधानमन्त्रीको सम्पत्ति स्रोतको अनुसन्धान शुरू

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | साँझ ४:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन पूर्वप्रधानमन्त्री-शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

गृह मन्त्रालयसँग सम्बद्ध स्रोतका अनुसार उनीहरूको चल तथा अचल सम्पत्ति र आम्दानीका स्रोतहरूको सूक्ष्म रूपमा जाँच भइरहेको छ।

बिज्ञापन

यसै क्रममा प्रहरीले आइतबार बिहान पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का लाई नियन्त्रणमा लिएको छ। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सीआईबीले आजै अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीपछि पूर्वप्रधानमन्त्री देउवा र दाहालका निवासबाट जलेको अवस्थामा मुद्राका टुक्राहरू फेला परेका थिए। त्यस्तै, पूर्वमन्त्री खड्काको घरबाट पनि जलेको नगद बरामद भएको थियो। सम्पत्ति शुद्धीकरण विभागले ती सबै रकम संकलन गरी अनुसन्धानको दायरामा राखेको थियो।

अनुसन्धानका क्रममा प्रमाण नष्ट हुन सक्ने आशंकालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले देउवाको बूढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाएको छ। आगलागीबाट क्षतिग्रस्त उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा प्रहरीले काम रोक्दै कामदारहरूलाई हटाएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa