Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

‘युद्ध रोक्ने अमेरिकी प्रस्ताव उपचर इरान विचार गर्दै’

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । इरानले खाडी क्षेत्रमा जारी युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएको छ, तर तत्काल वार्तामा बस्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

इरानका विदेशमन्त्री अब्बास अरघचीका अनुसार प्रस्ताव उच्च तहमा विचाराधीन भए पनि प्रत्यक्ष संवादको सम्भावना हाललाई अस्वीकार गरिएको छ । उनले मध्यस्थमार्फत सन्देश आदानप्रदान भइरहे पनि त्यसलाई औपचारिक वार्ताका रूपमा लिन नमिल्ने बताएका छन् ।

बिज्ञापन

रोयटर्सका अनुसार, इरानको पछिल्लो धारणा यसअघिको पूर्ण अस्वीकारभन्दा केही नरम देखिएको छ, जसले आफ्ना सर्त पूरा भए वार्ताको सम्भावना खुला राखेको संकेत गर्छ ।

राज्य टेलिभिजनसँग कुरा गर्दै अरघचीले इरान दीर्घकालीन युद्ध नचाहने तर स्थायी समाधान आफ्नै सर्तमा खोज्ने पक्षमा रहेको बताए । ‘इरान युद्ध चाहँदैन, तर दिगो समाधान चाहन्छ,’ उनले भने ।

इरानले सम्भावित युद्धविराम सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्ने अडान राखेको छ । रोयटर्सका अनुसार, अमेरिकाले पठाएको प्रस्तावमा युरेनियम संवर्धन रोक्ने, उच्च समृद्ध युरेनियम भण्डार हटाउने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने तथा क्षेत्रीय सहयोगीलाई दिइने समर्थन घटाउने विषय समेटिएका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व वार्तामा संलग्न रहेको दाबी गरेका छन् । उनले इरान सम्झौता गर्न इच्छुक भए पनि आन्तरिक दबाबका कारण खुला रूपमा नबोलिरहेको बताएका छन् ।

अमेरिका र इजरायलको आक्रमणपछि पश्चिम एसियामा सुरु भएको द्वन्द्व चौथो हप्तामा पुगेको छ । यसले होर्मुज जलडमरू हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारमा अवरोध ल्याउनुका साथै ऊर्जा बजारमा असर पारेको छ ।

इरानले जवाफी कारबाहीस्वरूप खाडी क्षेत्रमा अमेरिकी र इजरायली लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ । ऊर्जा पूर्वाधारमा क्षति र जलमार्गमा अवरोधका कारण तेलको मूल्य वृद्धि भएको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka